प्रतिनिधिसभा बैठकमा कारागार विधेयक पेश
२०७६ माघ २९ गते

माघ २९, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गरेका हुन् । त्यसअघि बैठकले सो विधेयक सभामा प्रस्तुत गर्न गृहमन्त्रीलाई अनुमति दिएको थियो ।
कृषि समितिको प्रतिवेदन पेश
बैठकमा ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीले सभामा उक्त प्रतिवेदन पेश गरेका हुन् ।

रासस
२०७६ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








