साग पदक विजेता प्रहरीका खेलाडी सम्मानित

माघ १९, काठमाडौं । सीसीआरसी १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा सीसीआरसीले ह्वाइटहाउसलाई ५५–३६ ले पराजित गर्दै समूह ‘बी’ को विजेता बन्यो । सीसीआरसीका रोशन श्रेष्ठले १४ अंक जोडे । पराजयका बावजुद ह्वाइटहाउस पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । न्यु जेनिथले रोजबडलाई ४८–४७ को झीनो अन्तरले हराउदै क्वाटरफाइनलमा पुग्यो । न्यु जेनिथका संकित शाहीले २० स्कोर गरे । 

क्वाटरफाइनल सीसीआरसी र गोल्डेनगेट, आयोजक ज्ञान निकेतन र ह्वाइटहाउस, जेभियर इन्टरनेसनल कलेज र इन्साइट भिजन तथा मोर्गन र न्यु जेनिथबीच हुने छ । 

स्कुलको ब्वाइजतर्फ ज्ञान निकेतनले हिमालयलाई ४९–३२, नेरिकले केएमसीलाई ४०–२७, पुष्प सदनले काठमाडौं जेभियरलाई ४१–२६ र इनोभेटिभले नव ज्योतिलाई ५३–२८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ज्ञान निकेतनका विवेक यादवले १४, नेरिकका निरज खत्रीले १२, पुष्प सदनका सन्सुर बोहराले २० र इनोभेटिभका प्रशान्त केसीले १५ स्कोर गरे । सेमिफाइनलमा ज्ञान निकेतनको भेट इनोभेटिभसंग हुने छ भने नेरिकले पुष्प सदन विरुद्ध प्रतिस्पर्धा गर्ने छ । 

एसियन पब्लिकको विजयी सुरुआत 

एसियन पब्लिक स्कुले प्रथम काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । 

काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा बौद्धस्थित एरिना फुटसलमा भएको खेलमा एसियनले एआईएलाई १–० गोलले पराजित ग¥यो । 

अन्य प्रतिस्पर्धामा समता शिक्षा सदनले विट्स एकेडेमीलाई ४–१ र क्याम्ब्रिजलाई २–१, तारा सदनले गोल्डेनपिकलाई १–०, एप्पल इन्टरनेसनल स्कुलले जेभियर इन्टरनेसनल स्कुललाई १–०, सेन्चेनले ज्ञान मालालाई ४–२, एलिक्सरले बौद्ध चिल्ड्रेन हेभेनलाई १–०, अनमोल ज्योतिले चन्तन्य शंख स्कुललाई १–०, लुम्बिनी एकेडेमीले सुप्रिमलाई ५–३ तथा कौस्तुभले जेनेसिसलाई १–० गोलले हराए । विट्सले काठमाडौं जेभियर तथा क्याम्ब्रिजले काठमाडौं जेभियरबाट वाक ओभर पाए । पिस प्वाइन्ट र महर्षि, सनसाइन र प्रीतिमा तथा नेसनल स्कुल र ब्रिजवाटरले समान २–२ गोलको बराबरी खेले । 

प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा नं। ६ का अध्यक्ष दीपेन्द्र लामाले एक कार्यक्रमबीच उद्घाटन गरे । लिग कम नकआउट प्रतियोगितामा ३२ टिम सहभागी छन् । विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित पुरस्कृत गरिने छ । फाइनल मंगलबार हुने छ । 

अर्किड सेमिफाइनलमा 

अर्किड नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको  छ । 

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा अर्किडले लाइसियमलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । 

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च ९फिजम० द्वारा आयोजित प्रतियोगितामा नेक्सस, न्यु होली क्रस र डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक सेमिफाइनलमा पुगे । 

नेक्ससले मोनास्टिकलाई ४–१ गोलले हरायो । नेक्ससबाट चारै गोल दिपन कट्वालले गरे । मोनास्टिकका सुदिप गोलले सान्त्वना गोल गरे । न्यु होली क्रसले न्यु भिजन एकेडेमीलाई ३–१ गोलले पाखा लगायो । विजेताका पुजन तामाङ र अमित खड्काले गोल गरे । एक गोल आत्माघाती थियो । न्यु भिजनका एनिश खत्रीले १ गोल फर्काए । ईश्वर गिरीको निर्णायक गोलमा ग्लोबलले बेस्ट ग्रुप भिजनलाई १–० गोलले पन्छायो । सेमिफाइनलमा नेक्ससले न्यु होली क्रस तथा ग्लोबलले अर्किडको सामना गर्ने छन् । 

खत्री सम्मानित 

विश्व निकेतन स्कुलले आफ्नो ७४ औं वार्षिकोत्सवमा तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीलाई आइतबार सम्मान गरेको छ । 

विश्व निकेतनमा २०७१ सालदेखि त्यहाँका विद्यार्थीलाई निशुल्क तेक्वान्दो प्रशिक्षण दिइरहेको र तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएवापत खत्रीलाई सम्मान गरिएको हो । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले खत्रीलाई एक कार्यक्रमबीच सम्मान पत्र प्रदान गरी सम्मान गरे । 

उज्ज्वललाई स्वर्ण 

सिद्धार्थ बनस्थलीका उज्ज्वल महर्जनले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा आइतबार स्वर्ण जितेका छन् । 

ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा उज्ज्वलले आरुणीका सुशिल न्यौपानेलाई ११–४, ११–८ र ११–७ को सोझो सेटमा पराजित गरे । आदर्श विद्याल मन्दिर ९एभीएम० काद्वय कृष्णबहादुर महर र एरिश शाकय तेश्रो भए । 

सोही स्पर्धाको गल्र्समा युलेन्सकी शुभश्री श्रेष्ठ पहिलो भइन् । फाइनलमा शुभश्रीले प्रोक्सिमाकी नमरदा खाइतुलाई ११–३, ११–५ र ११–२ को सीधा सेटमा हराइन् । एभीएमकाद्वय युनिका महर्जन र प्रीति गुरुङ तेश्रो बने । 

यु–१२ गल्र्स फाइनलमा विजेश्वरीकी सुमिस्मता खड्काले विजेश्वरीकै अनामिका कस्तीलाई ११–२, ११–२ र ११–५ को सोझो सेटमा पन्छायाउदै पहिलो भइन् । एभीएमकी आश्मा पहरी र स्वर्णिमकी कृपा महर्जन तेश्रो स्थानमा रहे । 

साग पदक विजेता प्रहरीका खेलाडी सम्मानित 

नेपाल प्रहरीले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ । 

सागमा नेपाल प्रहरीमा आबद्ध खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य जितेको राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान समेत रहेका खेलकुद शाखा इन्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जनाएका छन् । व्यक्तिगत स्पर्धामा स्वर्णलाई १ लाख २५ हजार, रजतलाई ६० हजार र कांस्यलाई ३० हजार नगद प्रदान गरियो । त्यस्तै टिममा स्वर्णलाई ७५ हजार, रजतलाई ४० हजार र कांस्यलाई २५ हजार नगदबाट पुरस्कृत गरियो । 

दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले सर्वाधिक २ लाख नगद पाए । उनले करातेको व्यक्तिगत र टिम कातामा स्वर्ण जितेका थिए । महाराजगन्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलाडीलाई पुरस्कृत गरे । सोही अवसरमा प्रशिक्षकहरुलाई पनि प्रशंसा पत्र र दोसल्लाबाट सम्मान गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =