पूर्व प्रधानमन्त्री नेपालद्वारा नोबेल अस्पतालको निरिक्षण

माघ २४, बिराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आज बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको निरीक्षण गरेका छन् । अस्पतालमा उपचाररत बिरामीहरुसँग कुराकानीसहित नेता नेपालले न्यूरो र कार्डियोमा नोबेलले भित्र्याएको नयाँ प्रबिधिको निरीक्षण गरेका हुन् । 

नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्मा, अस्पताल निर्देशक डा. राजेश नेपाल लगायतले नेता नेपाललाई अस्पतालका बिभिन्न कक्षसहित अत्याधुनिक उपकरणको अवलोकन गराएका थिए । नेता नेपालले दक्षिण पूर्वी एशियामै पहिलो पटक नोबेलले सुरु गरेको अत्याधुनिक न्यूरो सर्जरी सेवा, शल्यक्रिया कक्ष, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआइ, ओपन हार्ट सर्जरी आइसीयू कक्ष लगायतको अवलोकन गरेका छन् । 

अस्पताल निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता नेपालले नोबेलमा राम्रो उपचारका कारण बिरामीहरुको चाप बढीरहेको पाएको प्रतिक्रिया दिए । ‘बिरामीहरु सन्तुष्ट भएको पाईयो । नोबेलले उपचारमा नयाँ–नयाँ उपकरण ल्याएको रहेछ । यहाँको भीड हेर्दा पक्कै पनि नोबेलले राम्रो उपचार गर्दो रहेछ भन्ने लाग्यो ।’ नेता नेपालले भने । 

अस्पतालहरुले राम्रो उपचार गरेर बिरामीलाई सन्तुष्ट बनाउँनुपर्नेमा जोड दिदै नेता नेपालले नोबेलमा अत्याधुनिक उपकरणको प्रयोग गरेर बिरामीको उपचार भईरहेको देख्दा खुःशी लागेको बताए । सो अवसरमा नेता नेपालले नोबेलमा उपचाररत नेकपाका स्थानीय नेता कृष्ण बोगटी लगायतको स्वास्थ्य अवस्था जानकारी लिएर शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् । 

https://youtu.be/gNWlf_d05sQ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *