आईसीसी विश्वकप क्रिकेट लिग टू : आज नेपाल र अमेरिका भिड्दै

माघ २९, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले आज अमेरिकासँग खेल्दैछ । नेपालले घरेलु मैदान कीर्तिपुरमा सिरिजको अन्तिम खेल अमेरिकासँग खेल्न लागेको हो ।
खेल विहान साढै ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहो¥याउने पक्षमा हुनेछ भने जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको दोस्रो खेल जीत्ने लक्ष्यमा हुनेछ ।
नेपाल पहिलो खेलमा ओमानसँग १८ रनको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल ओमानसँग आठ विकेटले पराजित भएको थियो । अमेरिकालाई हराउँदै घरेलु मैदानमा प्रतियोगिताको सुखद् अन्त्य गर्ने अवसर नेपाली टोलीलाई छ ।

सिरिज भने ओमानले जितिसकेको छ । नेपाल र अमेरिका दुवैलाई क्लिन स्वीप गर्दै चार खेलबाट आठ अंक ओमानले जितेको हो ।








