अवैधरुपमा भारत निकासी हुँदै गरेको १०५ बोरा केराउ बरामद

फाल्गुन १२, टिकापुर । सत्ती भन्सार कार्यालय खक्रौलाले अवैध रुपमा भारत निकासी हुँदै गरेको केराउ सीमाबाट बरामद गरेको छ । आइतबार राति भन्सार कार्यालयको गस्ती टोलीले टिकापुर – ९ खक्रौलाको १०७ नम्बर पिलर नजिकै बाट १ सय ५ बोरा केराउ बरामद गरेको हो ।   

सत्ती कार्यालयका भन्सार अधिकृत रामचन्द्र शर्माले भारत निकासी हुँदै गरेको अवस्थामा केराउ बरामत गरिएको बताएका छन् । 

पछिल्लो समय यस नाकाबाट तेस्रो मुलुकबाट आयात गरिएको केराउ विना भन्सार निकासी हुने गरेको सामाचार संचार माध्यममा प्रकाशित भएको थियो । 

null

सीमावर्ति क्षेत्रका प्यान नम्बर लिएका व्यापारीहरु मार्फत केराउ पठाईने गरेको पाईएको थियो । स्रोतका अनुसार सीमा क्षेत्र कालाकुण्डाका बासिन्दालाई केराउ पसलबाट कालाकुण्डा घाट सम्म ढुवानी गरे बापत प्रति बोरा ६० रुपैयाँ व्यापारीलाई दिने गरेका छन । 

अवैध रुपमा सीमाबाट केराउ सँगै छोहरा र अन्य जुडीबुटी पनि विना अनुमति निकासी हुने गरेका सामाचार संचारमाध्यममा प्रकाशित भएपछि भन्सार कार्यालयले सक्रियाता बढाएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *