काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, ललिता निवास प्रकरणबारे छलफल हुने

माघ २७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको बैठकमा काँग्रेस संसदीय दलका उपनेता तथा उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारमा दायर मुद्दाका सम्बन्धाम छलफल हुने बताएको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गर्दा राजनीतिक पूर्वाग्रह राखिएको भन्दै काँग्रेस गत बिहीबारदेखि आन्दोलित छ । उनीहरुले तीन दिनदेखि संसद बैठक पनि अवरुद्ध गर्दै आएका छन् ।   

यस्तै कांग्रेसका भातृसंगठनहरुले सडकमा अख्तियारले सत्तारुढ नेकपाका नेतालाई चोख्याउने गरी पक्षपाती रुपमा मुद्दा चलाएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *