आजको मन्त्रिपरिषद बैठकले आईजीपी नियुक्ति गर्न सकेन
२०७६ माघ २७ गते

२७ माघ, काठमाडौं । आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्न सकेन । अब अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्ने उच्च स्रोत जनाएको छ ।
यही माघ २९ गतेबाट हालका आईजीपी सर्वेन्द्र खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवा अवधिका कारण अवकाश पाउँदैछन् ।
यदी सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरे हालका आईजीपी खनालकै ब्याचको कार्यकाल थपिनेछ भने डीआईजी केदार रिजाल उत्तराधिकारी बन्नेछन् ।

२०७६ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








