बविन स्मृति ब्याडमिन्टन सुरु

फागुन ९, काठमाडौं । किङकम स्पोर्ट्स क्लबको आयोजनामा १० औं बविन स्मृति ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि भीमसेनगोला मार्गस्थित कृष्ण मन्दिरको परिसरमा सुरु भएको छ । 

पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भयो । पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको औपचारिक उद्घाटन गरे । 

प्रतियोगितामा पुरुष डबल्स र भेट्रान डबल्स गरी २  स्पर्धा समावेश छन् । पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । भेट्रानमा पहिलो हुनेले २० हजार, दोश्रोले १२ हजार र तेश्रोले ८ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *