माघ २२ गतेदेखि काठमाडौंमा अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुँदै

माघ २०, काठमाडौँ । लुम्बिनी एकेडेमीको मुख्य प्रायोजन तथा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा यही माघ २२, २३ र २४ गते लुम्बिनी फुट्सल ग्राउण्ड चुच्चेपाटीमा अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।   

प्रतियोगिताको अयाोजक संस्था (प्याब्सक) ले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । ‘विकास, अनुशासन र गतिशिलता खेलाडीको पहिचान’, ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा काठमाडौं उपत्यकाका ६४ वटा विद्यालयहरुले भाग लिने पनि निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) अध्यक्ष गेन्द्र लामाले जानकारी दिए ।   

कार्यक्रममा प्याब्सकका अध्यक्ष लामाले विद्यार्थीहरुमा रहेका अन्तरनिहित प्रतिभालाई उजार गर्नु आफूहरुको उद्देश्य रहेको सुनाए । ‘यो प्रतियोगितामार्फत देशका लागि उत्कृष्ट खेलाडीहरुसमेत जन्माउने हाम्रो उद्देश्य छ । विभिन्न यसका साथै, विद्यालयहरुबीच भाईचाराको सम्बन्ध पनि स्थापित हुन्छ ।’–उनले भने ।   

कार्यक्रममा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) का महासचिव राजन श्रेष्ठले प्याब्सकले गर्दै आएका विभिन्न गतिविधिको बारेमा प्रकाश पारेका थिए । उनले आफूहरुले छात्रमात्रै नभएर छात्राहरुलाई पनि खेलकुदको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ काम गर्दैै आएको सुनाए ।   

उनले खेलकुद जगतमा प्याब्सकअन्तर्गतका विद्यार्थी भाई बहिनीहरुलाई राष्ट्रियस्तरमा स्थापित गराउने आफूहरुको लक्ष्य रहेको सुनाए । उनले भने,‘हामीले सोहीअनुसार काम गर्दै आएका छौं ।’   

प्याब्सकले सम्पूर्ण निजी विद्यालयहरुको हकहितका लागि बुलन्द आवाज उठाउने, शिक्षकहरुको क्षमता वृद्धिका लागि पूनर्ताजकि तालिम र विद्यार्थीहरुको सिर्जनात्मक क्षमतालाई प्रष्फुटन गर्न विभिन्न खालका नयाँ अद्यावधिक, स्मार्ट एवं लोकप्रिय अतिरिक्त क्रियाकलापहरु निरन्तर रुपमा सञ्चालन गर्दै आईरहेको पनि जानकारी गराएको छ ।   

प्याब्सकले जनाएअनुसार यो प्रतियोगिता चौथो संस्करण हो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यालयहरुलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगदका साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने जनाएको छ । त्यस्तै, क्वाटरफाईनल पछिका खेलहरुमा ‘म्यान अफ द म्याच’ छनौट गरि ट्रफी प्रदान गर्ने पनि आयोजक संस्थाले जनाएको छ ।   

प्याब्सकले जारी गरेको विज्ञप्तीअनुसार फुटसलका नियममा खेलहरु नकआउट चरणमा एन्फाको नियमानुसार खेलाईने, आयोजक र रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने, खेलमा ५ जना खेलाडी र तीन जना वैकल्पिक खेलाडी रहने, कक्षा ९ सम्मका विद्यार्थीले मात्र भाग लिने पाउने, प्रवेश शुल्क तीन हजार लाग्ने, खेल सुरु हुनुभन्दा ३० मिनेट  अगाडि ग्राउण्ड रिपोर्टिङ गर्नुपर्ने, खेलाडीहरुले नम्बर अंकित जर्सी, मोजा, फुटसल जुक्ता र प्याड अनिवार्य लगाउनुपर्ने, खेलाडीहरुले जन्मदर्ताको फोटोकपी, परिचयपत्र र रजिष्ट्रेशन फर्मको फोटोकपी अनिवर्या रुपमा बुझाउनुपर्ने, प्रोटेस्ट दर्ता शुल्क एक हजार लाग्ने र उक्त रकम फिर्ता हुनेछैन् । र, प्रोस्टेट लागेका टिमले एक घण्टाभित्रमा आयोजकले मागेको सम्पूर्ण कागजपत्र उपलब्ध गराउनुपर्नेछ र अन्यथा उक्त टिम स्वतः अयोग्य घोषणा गरिनेछ ।, पहेंलो कार्ड र रातो कार्डको शुल्क क्रमशः २ सय र पाँच सय लाग्ने, प्राथमिक उपचार आयोजकले गर्नेछ र खेल २० मिनेटको हुनेछ, सेमिफाईनल पछिका खेलहरु ३० मिनेटको खेलाईनेछ, धरौटी रकम रु एक हजार बुझाउनुपर्नेछ र कुनैपनि काडए नखाएमा सो रकम फिर्ता हुनेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *