२२ औं बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पुरा

फागुन ८, धरान । मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण फागुन १० गतेदेखि शुरु हुँदैछ । 

प्रतियोगितको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जनाएको छ । 

धरान १६ स्थित रंगशालामा आज बिहिबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष किसोर राईले तयारी पुरा भइसकेको बताए । अब प्रतियोगिताको उद्घाटनको प्रतिक्षा मात्र रहेको उनको भनाई थियो ।   

प्रतियोगिताको लागि यसपाली मैदान आर्कषक बनाइएको छ । करिब ७ हजार दर्शक क्षमताको प्याराफिट पनि तयारी अवस्थामा छ । सहभागी हुने टिमहरु पनि निश्चित भइसकेको छ । 

प्रतियोगितामा कुल ८ टिम सहभागी हुनेछ । प्रतियोगितामा लिग विजेता मच्छिन्द्र क्लब, मनाङ मर्स्याङदी क्लब, नेपाल पुलिस क्लब प्रदेश १ लिग विजेता बेलबारी फुटबल क्लब, मेत्री नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछ ।   

यस्तै, विदेशी टिममा युके एफसि भारत र कलकत्ताको सन डे क्लब, एस।बि।सि।सि। सहभागी हुने आयोजक क्लबले जानकारी दिएको छ । यसअघि जापानको लिग टिम पनि सहभागी हुने कुरा थियो । कोरोना भाइरसको कारण जापानको टिम आउन नसक्ने भएको अध्यक्ष राईले बताए । 

यसपाली एकै समयमा थुप्रै प्रतियोगिताहरु आयोजना भइरहेकोले आयोजक धरान फुटबल क्लबले खेलाडीहरु पाउन नसकेको छैन । यसले आयोजकको टिम तयारीमा असर पुगेको भएपनि शुक्रबारसम्म खेलाडीहरुको टुंगो लाग्ने अध्यक्ष राईले बताए । आयोजकले यसपाली टिममा २ जना अफ्रिकन, एक जना इजिप्ट र एक भारत नागाल्याण्डको खेलाडी समावेश गर्ने पनि जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =