अरुणिमा मा.वि.ले साँस्कृतिक कार्यक्रमसहित अभिभावक दिवस मनायो

फागुन १५, काठमाडौँ । अरुणिमा मा.वि. बौद्धले यस वर्षको अभिभावक दिवस अभिभावक विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिमा मनाएको छ ।  यस मा.वि.ले  विभिन्न साँस्कृतिक कार्यक्रम गरी  अभिभावक दिवस मनाएको हो ।   

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सञ्चालित कार्यक्रम शिक्षाविद् विश्वनाथ अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले कक्षागत रुपमा नृत्य, गायन तथा वाद्यवादन, नाटक, सांस्कृतिक फेशन सो, योगाशन, पि.टी., तेक्वान्दो आदि सम्बन्धी विविध प्रतिभाहरू प्रस्तुत गरेका थिए ।  

सो कार्यक्रममा विद्यालयका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यालय काठमाडौंँ महानगरपालिकाबाट उत्कृष्ट विद्यालयका रुपमा रु ५०,००० नगद पुरस्कारसहित पुरस्कृत भएको, ब्रिटिस काउन्सिलबाटInternational School Award (2019-2022)  प्राप्त गरेको, South Asian Yoga Sports Championship मा स्वर्ण तथा रजत पदक प्राप्त गर्न सफल भएको जस्ता उपलब्धिहरूका बारेमा प्रकाश पारे ।  

null

साथै उनले अरुणिमा शैक्षिक प्रतिष्ठानमा सञ्चालित लक्ष्मी चालिसे-अरुणिमा छात्रवृत्ति कोष, अरुणिमा—अग्निशिखा छात्रवृत्ति कोष, शैलेन्द्रसिंह-अरुणिमा पुस्तकालय आदिकाबारेमा समेत जानकारी गराए । शिक्षक अभिभावक संघका अध्यक्ष  किरण ढकालले अरुणिमा मा.वि.ले विशिष्ट पहिचान बनाउनुमा शिक्षक कर्मचारीको अथक मेहनत रहेको कुरा उल्लेख गरे । 

 कार्यक्रमका प्रमुख अतिथि  अर्यालले शिक्षाका विभिन्न पाटाहरूको उल्लेख गर्दै अरुणिमा राष्ट्रकै गौरव गर्न लायकको शैक्षिक संस्था भएको कुरा बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =