सोनभद्र पहाडमा ३ हजार टन सुन नभएर १६० किलो सुन मात्र

फागुन ११, भारत । जियोलोजिकल सर्वे अफ इन्डिया (जीएसआई) ले शनिबार सोनभद्र पहाडमा ३ हजार टन सुन नभएर १६० किलो सुन मात्र भएको बताएको छ ।  जीएसआईका निर्देशक डा. जीएस तिवारीले सोनभद्रको खानीमा ३ हजार टन सुन भएको कुरा सत्य नभएको बताएका हुन् । 

सोनभद्रमा शुद्ध सुन नभएर ५२ हजार ८०६.२५ टन सुनको खनिज पदार्थ रहेको आफूहरुले बताएको तिवारीले दाबी गरेका छन् । त्यहाँ भेटिएको सुनको खनिज पदार्थबाट प्रतिटन मात्र ३.०३ ग्राम मात्र सुन निकाल्न सकिनेछ । यसरी खानीबाट १६० किलो सुन मात्र निस्कनेछ । 

तिवारीले भने, ‘सोनभद्रमा सुनको खोजी जारी छ । यसको सर्वेक्षण अहिले पनि भइरहेको छ । त्यहाँ थप सुन भेटिने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । तर, अहिले लाई सुनको खनिज पदार्थमात्र भेटिएको हो ।’ 

null

अधिकारीहरुले सोनभद्र जिल्लाको सोन र हरदी पहाडमा सुन भेटिएको पुष्टि गरेका थिए । यस क्षेत्रमा एन्डालुसाइट, पोटासलगायत खनिज पनि भएको चर्चा हुने गरेको छ । त्यस क्षेत्रमा विगत १५ दिनदेखि हेलिकप्टरबाट सर्वेक्षण भइरहेको छ । हवाई सर्वेक्षणबाट युरेनियमको पनि खोजी हुँदैछ । 

भारतमा सबैभन्दा बढी सुन कर्नाटनको हुत्ती खानीबाट निस्कन्छ । त्यस्तै, आन्ध्रप्रदेश दोस्रो ठूलो सुन उत्पादक राज्य हो । त्यस्तै, झारखन्ड, केरल र मध्यप्रदेशमा पनि सुनको खानी रहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *