आज माघ २९ गते बुधबार, यस्ताे छ आजकाे पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ माघ २९। बुधबार। इ.स. २०२० फेब्रुवरी १२। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। तृतीया, ६:५९ बजेदेखि चतुर्थी, २८:३६ उप्रान्त पञ्चमी। नक्षत्र– उत्तरफाल्गुनी, १६:१२ बजेउप्रान्त हस्त। योग– सुकर्मा, ७:३१ बजेदेखि धृति, २८:२२ बजेउप्रान्त शूल। करण– भद्रा, ६:५९ बजेदेखि वव, १७:४८ बजेपछि वालव, २८:३६ बजेउप्रान्त कौलव। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:४६ बजे, सूर्यास्त– १७:५१ बजे र दिनमान २७ घडी ३ पला। माघ मसान्त। देवघाटलगायत तीर्थहरूमा मकरस्नान समाप्ति। सर्वार्थसिद्धि योग १६:१२ बजेदेखि। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पुरानो रोकिएको धन हातापनि पर्न सक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । व्यवसायमा मन्दी आउनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन मध्यम छ, चोरबाट भय रहनेछ र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा चाहीं हुन सक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योगपनि रहेको छ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सरकारी निकाएको भय रहला । कार्मक्षेत्रपनि घर्षशील नै रहनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । वाहन लाभको योग छ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । रमाइलो यात्रापनि हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *