ज्ञान निकेतन समूह विजेता

माघ १८, काठमाडौं । आयोजक ज्ञान निकेतन १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शनिबार समूह ‘डि’ को विजेता बनेको छ । 

समूह विजेताको टुंगो लाग्ने प्रतिस्पर्धामा ज्ञान निकेतनले गोल्डेनगेटलाई ५१–४० ले पराजित ग¥यो । ज्ञान निकेतनका सुजन थपलियाले १६ अंक जोडे । उक्त खेल अगावै ज्ञान निकेतन र गोल्डेनगेट दुवै क्वाटरफाइनलमा पुगिसकेका थिए । 

स्कुलतर्फ ब्वाइजमा ज्ञान निकेतनले पुष्पसदनलाई ५५–३३, इनोभेटिभले केएमसीलाई ५२–३२, हिमालयले काठमाडौं जेभियरलाई ४१–२७ र नेरिकले नव ज्योतिलाई ३२–२० ले हराए । ज्ञान निकेतनका विवेक यादवले २४, इनोभेटिभका मनीष गुरुङले १५, हिमालयका प्रनुप स्याङबोले १७ र नेरिकका समिप खत्रीले १६ स्कोर गरे ।   

एन्जल्स हर्ट र बीएनए फाइनलमा 

 आयोजक एन्जल्स हार्ट ‘ए’ र बीएनए एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । 

मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हार्ट ‘ए’ ले नेसनल युनाइटेडलाई ३४–२४ ले पराजित ग¥यो । एन्जल्स हार्ट ‘ए’ को जितमा रोशन श्रेष्ठ र प्रतीक गौलीले समान ९–९ अंक योगदान गरे । संयोग चापागाईंको ११ अंक सहयोगमा बीएनएले गोल्डेनपिकलाई २१–१९ ले हरायो ।  फाइनल सोमबार हुने छ । सोही दिन नेसनल युनाइटेड र गोल्डेनपिक पनि तेश्रो स्थानका लागि खेल्ने छन् । 

बेस्ट ग्रुप क्वाटरफाइनलमा   

बेस्ट ग्रुप भिजन नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा बेस्ट ग्रुपले विश्व विद्या मन्दिरलाई २–० गोलले पराजित ग¥यो । बेस्ट ग्रुपका राम शरणले १ गोल गरे भने बाँकी १ गोल आत्माघाती थियो ।  

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा लाइसियम र न्यु होली क्रस पनि क्वाटरफाइनलमा पुगे । 

लाइसियमले अन्नपूर्णलाई २–० गोलले हरायो । लाइसियमका निशान लाम्गाडे र प्रवीण लिम्बूले १–१ गोल गरे । न्यु होली क्रसले नेपाल तारालाई टाइब्रेकरमा ५–४ गोलले पाखा लगायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । 

फिट्नेस गराजको अर्को शाखा   

फिट्नेस गराजको अर्को शाखा थापाथलीमा शनिबारदेखि सञ्चालनमा आएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थले गराजको उद्घाटन गरे । 

फिट्नेस गराजको पहिलो शाखा खिचापोखरीमा रहेको छ । काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदी मुख्य लगानीकर्ता रहेको गराजमा जिम, कार्डियो र साउनाको सुविधा छ । करिब १ करोड लागतमा गराज सञ्चालन गरिएको सुवेदीले जानकारी गराए । 

आईटीएफ जुनियर्स टेनिस सोमबारदेखि   

नेपाल टेनिस संघको आयोजनामा काठमाडौं आईटीएफ जुनियर्स जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ सोमबारदेखि हुने भएको छ । उक्त प्रतियोगिता नेपालमा चौथोपटक हुन लागेको हो । 

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ समान ३२–३२ खेलाडीको सहभागिता रहने टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । नेपालसहित प्रतियोगितामा भारत, बुल्गेरिया, अमेरिका, थाइल्यान्ड, भियतनाम, केन्या, जर्मनी, मलेसिया, चीन, जापान, फ्रान्स, साइबेरिया, सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । शुक्रबारसम्म चल्ने प्रतियोगितामा ब्वाइज÷गल्र्समा सिंगल्स र डबल्समा खेल हुने छ । 

प्रतियोगिताका लागि शनिबारदेखि क्लालिफाइङ राउन्ड सुरु भइसकेको छ । क्वालिफाइङ राउन्ड आइतबारसम्म चल्ने छ । सर्किट १ पछि पोखरमा सर्किट २ फेब्रुअरी १० देखि १५ तारिखसम्म हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =