१४ किलो चाँदीसहित दुई जना प्रहरीको नियन्त्रणमा

फागुन ७, झापा । झापामा अबैध चाँदी र तामाका सामानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

प्रहरीको अनुसार झापाको मेचीनगर नगरपालिका–६, मेचीखोला नजिकबाट काठमाडौं–६, बौद्धका ३४ वर्षीय अजित नगरकोटी र ३८ वर्षीय श्याम सुनुवारलाई नियन्त्रण लिईएको हो ।   

उनीहरुले बोकेको झोला खनतलासी गर्ने क्रममा उनीहरुको साथबाट  १४ किलो चाँदी र २१ किलो तामाका सामानहरु फेला पारिएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।   

उनीहरुबाट बरामद गरिएको उक्त सामानको नेपाली मूल्य  करिब ९ लाख ९८ हजार पर्नजाने एसपी कृष्ण कोइरालाले बताए ।  पक्राउ परेका उनीहरुलाई आवश्यक कार्यवाहीको लागि बरामद गरिएको सामान सहित मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *