१० लाख राशिको भरतपुर गोल्डकप हुँदै

माघ २१, चितवन ।   चितवन जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको भरतपुर गोल्डकप आगामी फागुन २४ गतेदेखी सुरु हुने भएको छ । ए.जे. इन्टरनेशनलको आयोजनामा दोश्रो संस्करणको रुपमा फागुन २४ गतेदेखी चैत्र ३ गतेसम्म गोल्डकप हुन लागेको हो । 

 ६ वटा ए डिभिजन क्लवसहित ४ वटा जिल्ला क्लवहरु सहभागीता हुने गोल्डकपको बिजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले नगद ५ लाखसहित ट्रफी प्राप्त गर्ने मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा  ए.जे. इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत एवंम् गोल्डकपका संयोजक आलोकप्रताप राणाले  जानकारी दिए ।  

 दोश्रो गोल्डकपको प्रथम पुरस्कार राशी पहिलोको भन्दा ४ लाखले बढि हो । द्धितिय पुरस्कार राशी ३ लाखबाट वृद्धी गरि ५ लाख रुपैया पुर्याईएको छ । ए डिभिजनका ६ वटा क्लव सहभागी हुने बताईएपनि क्लवको टुंगो भने लागेको छैन् ।  

अहिले ए डिभिजन लिग जारी रहेकाले क्लवको टुंगो लाग्न बाँकी रहेको संयोजक राणाले बताए । बिभागिय नेपाल आर्मी,नेपाल पुलिस,थ्रीस्टार,संकटा लगायतका टिम सहभागी हुन सक्ने संभावना छ । प्रत्येक दिन म्यान अफ द म्याच हुने खेलाडीले नगद २० हजार, विधागत उत्कृष्ठ खेलाडीलाई २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

 क्याम्पाचौरमा हुने गोल्डकप हेर्नका लागि २०० जना भिआईपी प्याराफिट र ३००० जना सर्वसाधारण अट्ने प्याराफिट निर्माण गरिने चितवन फुटवल क्लवका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *