चन्द्रागिरिमा जनमोर्चाको संंगठन अभियान तिव्र, सयौंले लिए सदस्यता

फागुन १०, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा राष्ट्रिय जनमोर्चाको संंगठन अभियान तिव्र भएको छ । एकमहिने अभियान अन्तर्गत सुरू भएको अभियानमा सयौंले पार्टी सदस्यता लिए ।   

पार्टीको जिल्ला अध्यक्ष झविन्द्र वेलवासे,जिल्ला सदस्य तथा चन्द्रागिरि नगर ईन्चाज रोसन दानी,नगर अध्यक्ष मोहन जिसी लगायत नेताहरूको उपस्थितिमा संगठन विस्तार अभियान सुरू भएको हो । 

पाटीले देश भर एकै साथ सुरू गरेको एक महिने संगठन विस्तार अभियान अन्तर्गत राष्ट्रिय जनमोर्चाले चन्द्रागिरि नगरपालिकाका हरेक गाउँ टोलटोलमा पनि संगठन निर्माण तथा जनताहरू संग प्रत्यक्ष भेटघाटलाई तिव्रता दिएको छ । 

जिल्ला अध्यक्ष झविन्द्र वेलवासेले काठमाडौ जिल्लामा जनमोर्चा प्रति जनताहरूको आकर्षण,उत्साह व्यापक वढि रहेको बताए । 

राष्ट्रिय जनमोर्चाका युवा नेता रोसन दानीले चन्द्रागिरिमा राष्ट्रिय जनमोर्चामा युवाहरूको जनसहभागिता र उत्साहाले पाटीमा ठुलो योग्दान मिल्ने उनको भनाई छ । उनले देशमा कायम बेथिति, भष्टचार, युवा वेरोजगारी, रमजनितिक वितृष्णा अन्त्य गर्दै समुन्नत समाज निर्माण कार्यमा अघि बढ्ने बताए । 

राष्ट्रिय जनमोर्चा जिल्ला समितिको आयोजनामा राष्ट्रिय जनमोर्चाको केन्द्रीय अध्यक्ष चित्रवहादुर केसीको प्रमुख आतिथ्यतामा फागुन १ गते चन्द्रागिरि पाटी प्यालेसबाट काठमाडौ उपत्यकाको संगठन बिस्तार अभियानको उद्घाटन सुभारम्भ गरेका थिए । 

संघीयता खारेजी, नागरिकता विधेयक,  मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी खारेजी, लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना हटनु पर्ने र जाली नक्शा खारेज गरी नेपाली भूमि फिर्ता गर्नु पर्ने भन्दै आन्दोलन जारी राखेको छ  । 

राष्ट्रिय जनमोर्चाको फागुन १ गतेबाट देश व्यापीसंगठन निर्माण अभियान चलिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *