ह्वातै घट्यो सुनको भाउ, हेर्नुस् आजको भाउ
२०७६ माघ २२ गते

माघ २२, काठमाडौँ । मंगलबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।
मंगलबार ७६ हजार रुपैयाँले कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ७५ हजार २ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी महासंघका अनुसार मंगलबार ७६ हजार ७ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला ७४ हजार ९ सय रुपैयाँले कारोबार भईरहेको छ ।

बुधबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ घटेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा बिक्री बितरण भईरहेको छ ।
२०७६ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








