पालुंगोको साग खाँदा यी रोगबाट मुक्त

 फागुन ९ । हरियो साग पकाएर र काँचै खान मिल्नुका साथै स्वादिलो हुन्छ । संसारभर सजिलै पाइने अनकौँ तरकारीहरूमध्ये बढी पोषणयुक्त तरकारीमा पालुंगोको साग पनि पर्छ । 

आयुर्वेदका अनुसार पालुंगोको साग बहुउपयोगी हुनुका साथै यसले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउने हुन्छ । 

पालुंगोको सागमा प्रशस्त मात्रामा फाइबर, न्यून मात्रामा सुगर, भिटामिन ‘के’, भिटामिन ‘ए’, भिटामिन ‘बि’, भिटामिन ‘सी’, आइरन, क्याल्सियम, म्याग्नेसियम र फोलेट जस्ता शरीरलाई चाहिने पोषक तत्वहरू पाइन्छ । 

Image result for पालुंगोको साग

– पालुंगोको सागले तनाव, आँखा स्वास्थ्य, र रक्तचाप सुधार गर्नेगर्छ । 

– तनावले मधुमेह तथा क्यान्सर जस्ता घातक रोगहरू निम्त्याउने हुँदा पालुंगोको सागमा पाइने एन्टिआक्सीडन्टहरूले तनावसँग लड्न र यसको कारण हुने क्षतिलाई कम गर्न मद्दत गर्दछ । 

– पालुंगोको सागमा पाइने दुई वटा तत्वहरूले क्यान्सरको वृद्धिलाई सुस्त बनाउन सक्ने क्षमता राख्छ । 

– पालुंगोको सागको नियमित सेवनले प्रोस्टेट क्यान्सर, स्तन क्यान्सरलाई रोक्न मद्दत गर्न सक्छ । 

– पालुंगोको सागमा उच्च मात्रामा नाइट्रेट्स हुने हुँदा यसले रक्तचाप स्तरलाई नियन्त्रणमा ल्याएर हृदय रोगको जोखिम कम गर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *