मेयर/उपमेयर भारत जाँदा नगरपालिकामा सार्वजनिक बिदा !

माघ २८, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर/उपमेयर भारत जाँदा नगरपलिकामा सार्वजनिक बिदा गरिएको छ । सोमबार मेयर मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना नगरपालिकामा विदा दिएर भारत गएका हुन् । 

युएनओपिएस नामक संस्थाको कार्यक्रममा भाग लिन सोमबार मेयर र उपमेयर  भारत गएका नगरपालिकाका प्रवक्ता पशुपति लोहनीले जानकारी दिएका छन् ।   

मेयर र उपमेयर भारत जाने दिन सार्वजनिक बिदा दिएपछि नगरपालिकामा अहिले विवाद भएको छ। वडाअध्यक्षहरुले बैठक नै नगरी बिदा दिने निर्णय गरेकोमा असन्तुष्टी जनाएका छन्। 

null

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उम्मेदवार बनेका खनाल र तत्कालिन माओवादीकी उम्मेदवार ढुंगाना विजयी भएका थिए। 

नगरपालिकाका अधिकृत शिवराम अधिकारीले माघ २४ गते सूचना निकालेर सोमबार बिदा दिने उल्लेख गरेको बताइएको छ ।  तर सूचनामा मेयर र उपमेयर भारत जाने दिन बिदा दिइने उल्लेख नभएको स्रोतले बताएको छ । तर विदा दिनुपर्ने अन्य कारण कुनै नरहेको बताइएको छ ।   

नगरपालिकाले दिएको विदाको सूचनामा माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ। तर नगरपालिकाकै विवरण हेर्दा उक्त नगरपालिका माघमा नभई फागुन २७ गते स्थापना भएको वडाध्यक्षहरुले बताएका छन् ।   

प्रवक्तासमेत लोहनीले पनि एक महिनाअघि स्थापना दिवसका लागि बिदा दिने निर्णय भएकोमा आफू अचम्ममा परेको बताएका छन् ।   

युएनओपिएस नामक संस्थाले नुवाकोटमा भूकम्पपछि निजी आवास पुनर्निर्माणमा सघाउँदै आएको छ। उक्त संस्थाले भारतमा भएका पुनर्निर्माणसम्बन्धी ज्ञान सिकाइका लागि भन्दै जनप्रतिनिधिलाई माघ २६ देखि फागुन २ सम्म उपस्थित हुन पत्र पठाएको थियो।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =