राजमार्ग अवरुद्ध गर्न नपाईने

माघ २५ कैलाली । सडक दुर्घटना न्युनिकरण तथा शान्ती सुरक्षा कायम गर्ने बारे सामुहिक प्रतिबद्दता तय गर्दै कैलालीको लम्किचुहामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । 

लम्किचुहा नगरप्रमुख महादेव बजगाईँको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा प्रमुख अतिथि रहेका थिए ।   

यस्तै अन्य अतिथिमा जिल्ला प्रहरी कार्यलय कैलालिका प्रहरी उपरिक्षक सुदिप गिरि, राष्ट्रिय अनुसन्धान केन्द्रका उप निर्देशक विकास पाण्डे,सशस्त्र प्रहरी बल कैलालीका प्रमुख कमल तिमिल्सेना, ट्राफिक प्रहरी कैलाली प्रमुख जगदिश जोशी, लम्किचुहा निमित्त प्रमुख प्रशासकिय अधिकृत बिक्रम चौधरी,नेकपाका नगर अध्यक्ष महेन्द्र ढुंगाना,नेपाली कंग्रेसका नगर सभापती राम बहादुर बिष्ट, राष्ट्रिय जनता पार्टिका प्रतिनिधि मान बहादुर चौधरी,राप्रपा नेपालका प्रतिनिधि नन्दा शाही र मजदुर किसान पार्टिका प्रतिनिधि रमेश कुमार रावल लगाएतका थिए । 

SITENAME

अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल किसान संघका सुदूरपश्चिम सह इन्चार्ज अगस्त अधिकारी, नेकपा लम्किचुहा वडा नं. ६ का अध्यक्ष ढक बहादुर बि. क., नेपाली कंग्रेसका नेता देवानन्द जैसी, होटेल ब्यवसायी पदम भण्डारि, शिक्षक तथा समाजसेवि पर्मेश्वरराज कार्की, बयोवृद्ध समाजसेवी तेज बहादुर थापा, नेकपा कैलाली जिल्ला सद्स्य रतन सुनार, ब्यवसायी तथा समाजसेवी धुर्व भण्डारी, शिक्षिका जुना चौधरी, कर्णाली रिभर साइड यातायात ब्यवसायी समितिका अध्यक्ष धिरज शाही, नेकपा सुदूरपश्चिम प्रदेस सद्स्य दुर्गा बहादुर बडुवाल,समाजसेवि दल बहादुर विष्ट, युवा समाजसेवी मीन बहादुर रावल, वडा नं. ३ का अध्यक्ष भक्त बहादुर चलाउने, समाजसेवी अविलाल चौलागाइ, पत्रकार लोक बहादुर देउवा,लगाएतकाले आफ्ना सुझाव प्रस्तुत गरेका थिए । 

नगर क्षेत्र भित्रका सामाजिक, राजनैतिक र नागरिक अगुवाको सहभागिता रहेको कार्यक्रमबाट सडक दुर्घटना न्युनिकरण, लागुऔषध नियन्त्रण, अतिक्रमित सडक खाली गराउने, जुवा तास न्यूनीकरण, राजमार्गको स्तरोन्नती, अतिक्रमित सार्वजनिक जग्गा खाली तथा ब्यवस्थापन र नगरका विभिन्न महत्वपूर्ण चोक तथा बजार क्षेत्रमा सि.सि. टि. भि. क्यामेरा जडान गर्ने सम्बन्धमा खुला छलफल बहस मार्फत नगरस्तर बाट सकिने कार्य नगर बाटै गर्ने र नसकिने कार्यका लागि माथिल्ला सरकार तथा सम्बन्धित निकाय समक्ष अनुरोध गर्ने साझा प्रतिबद्दता सहितका निर्णय पारित गरिएकोछ । 

पारित निर्णय उपर आफ्नो प्रतिबद्धता ब्यक्त गर्दै प्रमुख अतिथी तथा कैलालिका प्रमुख जिल्ला अधिकारी बोहोराले कार्यक्रम बाट निष्कर्ष निकाली पारित गरिएका ७ वटा निर्णय कार्यन्वयन गर्न आफू आजै बाट लागिपर्ने बताए । 

उनले पारित गरिएका निर्णयहरु कार्यन्वयनका लागि प्रदेश सरकार, संघिय सरकार र सम्बन्धित विभिन्न निकायहरु समक्ष कुरा राख्नुपर्ने, भेटघाट छलफल चलाउनुपर्ने भएकाले आफू सो कार्यमा लाग्ने बताउँदै सो का लागि लम्किचुहा क्षेत्रका सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि, सामाजिक अगुवा नागरिक समाजका प्रतिनिधि लगायतकाले इमान्दारिका साथ निर्णय कार्यन्वयनमा लाग्न तर्फ सचेत बनाएका थिए। 

शान्ती सुरक्षा कायम गर्ने बिषयमा प्रमुख अतिथी बोहोराले आफू कुनै कसुर बांकी नराख्ने, जस्तो सुकै दवाव आएपनी अपराधिलाई सजाय दिलायरै छोड्ने बाटोमा कटिबद्ध भएकाले कुनै किसिमको शंका नगर्न समेत सहभागिलाई आग्रह गर्नुभएको थियो । 

नगर सचिवालय प्रमुख धनन्जय न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा वडा नं। १ का वडा अध्यक्ष जनक बहादुर बमले स्वागत मन्तब्य राख्नुभएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *