भारतको केरलामा थप एक व्यक्तिमा भेटियो कोरोना संक्रमण

माघ १९, नयाँ दिल्ली । भारतमा थप एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।   

भारतको केरल तिरुवन्तपुरममा थप एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । तीन दिन अघि भारतमा कोरोना भाइरस संक्रमित पहिलो बिरामी केरलमा पत्ता लागेको थियो। 

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘संक्रमित व्यक्ति चीनबाट फर्किएका थिए । उसलाई एक अस्पतालमा अलग्गै राखिएको छ । उसको अवस्था सामान्य छ । उपचार चलिरहेको छ ।’ 

एयर इण्डियाको स्पेशल फ्लाइटबाट आइतबार ३२३ जना भारतीय र ७ जना माल्दिभ्सका मानिसहरुलाई चीनको वुहान शहरबाट भारत ल्याइएको थियो । तीमध्ये वुहानमा पढिरहेका विद्यार्थी धेरै छन् ।   

यो भन्दा अघि शनिबार केरल सरकारले एक महिलामा कोरोना भाइरस फेला परेको पुष्टि गरेको थियो । ती महिला केही हप्ताअघि चीनबाट फर्किएकी थिइन् ।   

कोरोना भाइरस संक्रमितको आशंकामा केरलमा १६०० मानिसहरुलाई निगरानीमा राखिएको छ । १० जनालाई अलग अलग अस्पतालमा चेकजाँचका लागि पठाइएको छ । एयरपोर्टहरुमा सतर्कता अपनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *