‘थरिथरीका श्रीपेच लगाएका कम्युनिस्टलाई के भन्दैछन् मदन भण्डारी ?’

फागुन १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा संसदमा जवाफ दिनु पर्ने माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै उनले सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर ७० करोड कमिसन काण्डका विषयमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरेका हुन् ।   

उनले भने, ‘ यती ठूलो अचम्म, यती ठूलो भ्रष्टाचार ! सीमा नाघेको छ  । ७० करोड घुस दिन्छु भन्नेले त्यो भन्दा प्रतिस्पर्धा गरेर अझ बढी घुस दिनेलाई यो ठेक्का दिने अवस्था आयो भन्दा र यसकालागी सरकार तयार भो भन्दा, यो भन्दा लाजमर्दाै अरु के हुन्छ ? प्रधानमन्त्री ज्यू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्नु हुन्थ्यो यो भन्दा लाज मर्दाै अरु के हुन सक्छ ?’   

‘त्यतीले पुगेन यति होल्डिङ्सलाई नेपाल ट्रष्टको जग्गा र विल्डिङ जसरी दिइँदै छ, यसो गर्न सकिने छ भनेर ऐन, विधानमा लेख्या छ । त्यो ऐनलाई प्रयोग गरेर, यति फेला गरेपछि उसलाई दिँदै जाने  कतिकति दिने ?’ भन्दै उनले प्रश्न गरे ।   

रिजालले प्रधानमन्त्रीको भर्खर परेको जन्मदिनको शुभकामना दिँदै भने, जन्मदिनमा तपाईको सत्ता उन्माद देखेर आम नागरिक दिक्दार र निरास छन् ।’ उनले प्रधानमन्त्रीलाई कुन लोकमा छन् भनि प्रश्न समेत गरे । उनले भने,  ‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्‍याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्‍यो होला ।’ 

प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडे बताउँदै रिजालले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’ 

‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =