दर्जन बढी सैनिकलाई महिलाको तस्बिर पठाएर स्मार्टफोन ह्याक गरियाे

फागुन ६, काठमाडाैँ ।  इजराइलका दर्जन बढी सैनिकको स्मार्टफोनमा महिलाको तस्बिर पठाएर ह्याक गरिएको इजराइली सेनाले जानकारी दिएको छ । 

सेनाका एक प्रवक्ताका अनुसार सैनिकलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्न लोभ्याइएको थियो । सैनिकलाई उक्त एप्लिकेशनले आफ्नो फोन ह्याक हुने बारे थाहा थिएन । इजराइली सेनाले उक्त ह्याकिङ हमास संगठनसँग सम्बन्धित व्यक्तिहरुले गरेको आरोप लगाएका छन् । 

गजामा नियन्त्रण गर्ने चरमपन्थी गुट हमास र इजराइलबीच पुरानो दुश्मनी छ । इजराइली सेनाका प्रवक्ता कर्नल जोनाथन कार्निकसका अनुसार इजराइली सैनिकको फोन ह्याक गर्ने हमासको यो तेस्रो र अहिलेसम्मको सबैभन्दा जटिल प्रयास थियो । 

Image result for sexy girl buler face

उनले भने, ‘उनीहरुले सिकिरहेका छन् र आफ्नो क्षमतालाई बढाइरहेका छन् । यो हामीले महसुस गरेका छौं ।’ कर्नल कार्निकसका अनुसार ह्याकरले टुटेफुटेको हिब्रु बोल्ने र प्रवासी भएको दाबी गर्ने युवतीको रुप धारण गरे । 

सैनिकसँग दोस्ती बढाएपछि ती युवतीहरुले केही लिङ्क पठाए र यसमार्फत् आफूले तस्बिर पठाउने जानकारी दिए । वास्तवमा, त्यो एउटा भाइरस थियो जसले स्मार्टफोन ह्याक गर्ने गर्छ । एकपटक क्लिक गरेपछि यो लिंक ह्याकरलाई स्मार्टफोनको डाटा, लोकेशन र तस्बिरको एक्सेस दिने गर्छ । 

यतिमात्रै होइन, यसलाई फोन नियन्त्रण पनि गर्न सकिन्छ र प्रयोग गर्ने व्यक्तिको जानकारी बिना नै तस्बिर र आवाज रेकर्ड गर्न सकिन्छ । कर्नल कार्निकसका अनुसार इजराइली सेनालाई यो षड्यन्त्रबारे महिनौं अघि थाहा भएको थियो र आफ्नो निगरानीमा यसलाई चल्न दिइयो । पछि यसलाई बन्द गरिएको थियो । 

इजराइली सेनाले पहिले पनि आफ्ना सैनिकलाई सतर्कतापूर्वक स्मार्टफोन प्रयोग गर्न चेतावनी दिइसकेको छ । इजराइल र हमासबीच दशकौंदेखि संघर्ष चलिरहेको छ र यी दुबै एक अर्काको जासुसी गर्न जुटिरहेका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *