सुटकेसमा करोडौं दिएर मेयर बनेका उनीहरुले के गर्छन् ? –सीके राउत

माघ २८, वीरगञ्ज । वीरगञ्जको आदर्शनगरमा आयोजित आमसभामा बोल्दै डा. सीके राउतले पुराना पर्टीहरुलाई म्यादगुज्रिएको औषधिको संज्ञा दिएका छन् ।
डा सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार गरेको छ सभामा बोल्दै उनले पार्टीहरुलाई म्याद गुज्रिएको संज्ञा दिँदै वर्षौँ काम नगरेको औषधिले अब काम नगर्ने अभिव्यक्ति दिएका छन् ।
उनले भने, ‘७० वर्ष, २९ वर्ष, १३ वर्षसम्म काम नगरेको औषधीले अब गर्दैन, म्याद गुज्रिएको औषधीले बरु उल्टै इन्फेक्सन गर्न सक्छ । ’
null
यस्तै स्थानीय तहदेखि केन्द्रसम्म जनताले नै चुनेको जनप्रतिनिधि रहेको भन्दै जनताले कुनै पनि ढंगले जनताको शासनको आभास हुन नपाएको बताएका छन् ।
उनले भने ‘जो सुटकेसमा करोडौं दिएर टिकट लिएर मेयर, गाउँपालिका अध्यक्ष बनेका छन् । उनीहरुले के गर्छन् ? भ्रष्टाचार गर्छन्, करोडौं कमाउँछन् । जनतामाथि दमन गर्छन । यहाँ त्यही भइरहेको छ ।’








