आज फागुन ८ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ फागुन ८। बिहीबार। इ.स. २०२० फेब्रुवरी २०। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। द्वादशी, १७:१२ उप्रान्त त्रयोदशी। नक्षत्र– पूर्वाषाढा, ९:०८ बजेउप्रान्त उत्तराषाढा। योग– सिद्धि, ९:०६ बजेउप्रान्त व्यतीपात। करण– तैतिल, १७:१२ बजेदेखि गर, २९:२२ बजेउप्रान्त वणिज। आनन्दादिमा धाता योग। चन्द्रराशि– धनु, १५:१८ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:५७ बजे र दिनमान २८ घडी ३ पला। प्रदोष व्रत 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने योग छ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक यात्राको योगछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धेरै समय पछि टाढिएको आफन्तसङ्ग भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्याोउन मद्दत गर्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभई सङ्ग भेट घाट हुनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनुपर्न सक्नेछ । मनोरञ्जनमा सहभागी भइएला । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्याोउनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज परोपकार गर्नुमानै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *