धरान जेसीजको ४४ औं पदस्थापना तथा पुरस्कार बितरण

फागुन ४, धरान ।  धरान जेसीजको ४४ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम फागुन २ गते प्रणय दिवसका दिन धरान वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा भव्यताका साथ सम्पन्न भएकाे छ । 

उक्त कार्यक्रमको प्रमुख अतिथि, प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री विजय कुमार विश्वास थिए भने विशेष अतिथि प्रदेश नं. १ का सभासद चन्द्रप्रसाद श्रेष्ठ, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रदेश नं. १ का ट्राफिक प्रहरी प्रमुख भिम बहादुर दाहाल साथ विराटनगर जेसीजका अध्यक्ष उज्वल खरेल रहेका थिए । 

धरानका विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दल, समाजसेवी, व्यवसायीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि विजय कुमार विश्वासले आगामी दिनमा नेपाल सरकारले सञ्चालन गरेको पर्यटन वर्ष लक्षित कार्यक्रम भिजिट २०२० अभियानलाई सफल पार्न सहकार्य गर्ने समेत जनाकारी गराए । धरान जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी मनिष शाहीले नवनिर्वाचित वर्ष २०२० का अध्यक्ष जेसी दिपेन्द्र निरौलालाई सपथ ग्रहण गराएका थिए । 

धरान जेसीजको प्रोजेक्टका रुपमा सञ्चालित जुनियर जेसीज तर्फ वर्ष २०१९ अध्यक्ष मन्दिप शाहीले नवनिर्वाचित वर्ष २०२० अध्यक्ष शुभम शाक्यलाई सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष दिपेन्द्र निरौलाले धरान जेसीज कार्य समितिलाई पूर्णता प्रदान कानुनी सल्लाहकार बर्षा अग्रवाल,महासचिव विदुर थापा, कोषाध्यक्ष अशिषराज यादव, सचिव शरुपा थापा मगरलाई नियुक्त गर्दै अध्यक्षीय सल्लाहकार सन्दिप शाक्य, दीघकालिन परियोजना सभापति वसन्त कार्मचार्य, तालिम निर्देशक प्रतिक श्रेष्ठ लगायतलाई मनोनित गर्दै निर्वाचित कार्यकारिणी उपाध्यक्षमा दिनेश तामाङ, रिया श्रेष्ठ, उपाध्यक्षमा सागर प्रसाई, खेमकला काम्बाङ, राजु शाह, सलुजा मास्के गरी जम्मा २५ जनाको सपथ ग्रहण गरिएको थिए ।  

हरेक व्यक्त भित्रमा एक लिडर हुन्छ । हरेक व्यक्ति भित्रको लिडरसिप क्षमतामा निखार ल्याउन सहकार्य र सहजिकरण गर्ने प्रतिबद्धताका साथ धरान जेसीज वर्ष २०२० का लागि “लिड द लिडर्स” भन्ने मुल प्रकरण राखिएको जानकारी  समेत गराए । विभिन्न विद्यामा उत्कृष्ट कार्य गर्ने जेसीज सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन २०१९ की महासचिव आयुष्मा शाक्य र भू.पु. अध्यक्ष सन्दिप शाक्यले गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =