नेहा र आदित्यको बिवाह नजिकिँदै गर्दा उदित नारायणले खोले यस्तो रहस्य

माघ २८, काठमाडौँ । सुमधुर स्वरकी धनी भारतीय गायिका नेहा कक्कड र कार्यक्रम उद्घोषक आदित्य नारायण झाको बिहेको समय नजिकिँदै गर्दा आदित्यको पिता उदित नारायण झाले एक रहस्य खोलेका छन् । 

चर्चित गायक उदित नारायणले आफ्नो छोरा आदित्यले नेहासँग बिवाह गर्न लागेको कुरा अफवाहमात्र भएको बताउँदै उनले इन्डियन आइडलमाथि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आरोप समेत लगाएका छन् ।   

उनले एक एक भारतीय मिडियासँग कुराकानी गर्ने क्रममा भनेका छन्, ‘आदित्य हाम्रो एक्लो छोरा हो । हामी उनको विवाहको प्रतिक्षा गरिरहेका छौं । यदि विवाहको अफवाह साँचो हुँदो हो त हामी संसारकै भाग्यमानी आमा–बुवा हुने थियौं । तर आदित्यले हामीमाझ यसबारे केही कुरा साझा गरेका छैनन् ।’ 

Image result for neha with adhitaye

निकै लामो समय देखी नेहा र आदित्यको बिवाहको कुराले चर्चा बटुल्दै आईरहेको थियो । यसै क्रममा केही समय अघी बिभिन्न मिडियामा नेहा र आदित्य  भ्यालेनटाइन्स डे अर्थात १४ फेब्रुअरीमा बिवाह गर्ने खबरहरु सार्वजनिक भएको थियो ।   

भारतीय च्यानेल  सोनीले पनि  नेहा र आदित्य  नाचेको एक भिडिो सेयर गर्दै  भिडियोको , ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन् ।’ भनेर लेखेको थियो ।   

सोनी च्यानेलले इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेशल एपिसोडमा यी दुईले सात फेरो पनि लिने छन् भने समेत जानकारी गराएको थियो ।   

त्यसैगरी नेहा र आदित्यले पनि सामाजिक संजाल मार्फत यसबारे जानकारी गराएका थिए ।  नेहाले इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै लेखेकी थिईन्, ‘फेब्रुअरी १४’ । 

यस्तै आदित्य  पनि इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखेका थिए, ‘मेरो मुटुको एउटा टुक्रा’ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *