‘अमेरिकन आइडल’ मा छानिए २१ वर्षिय नेपाली ठिटो दिवस

फागुन ५, काठमाडौँ ।  ‘अमेरिकन आइडल’ को पहिलो एपिसोडमा नै २१ वर्षिय नेपाली ठिटो दिवस पोखरेल छानिएका छन् ।   

आइतबार ‘एवीसी’बाट प्रशारण भएको यस चर्चित रियालिटी शोमा आर्थर गनको रुपमा परिचित दिवसले निर्णायकलाई अंग्रेजी गीत गाएर सुनाएका  थिए । 

दिवसको गीत सुनेर निर्णायकहरुले उनको गायकीको खुलेर प्रशंसा समेत गरेका थिए  । निर्णायकहले उनलाई  ‘यू आर गोइङ्ग टु हलिउड ।’ भन्दै  ‘अमेरिकन आइडल’को लागि छनोट गरेका थिए  ।   

गितार सहित अडिसनमा पुगेका उनले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’बाट आफ्नो अडिसन सुरु गरेका थिए । उनले निर्णायकहरुलाई ‘सम टोल्ड मि लङ अगो’ पनि सुनाएका थिए । 

अडिसन दिन स्टेजमा पुगेका दिवसले निर्णायकलाई भेट्ने बित्तिकै उनले ‘नमस्ते’ भन्दै अभिवादन गरेका थिए। जवाफमा निर्णायकमा रहेकी गायिका केटी पेरीले दुई हात जोडेर उनको नमस्ते फर्काएकी थिईन् ।   

अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनुलाई उनले ‘ग्रेट डिल’ बताएका दिवसले अडिसन अघि कस्तो महसुस भइरहेको छ भनेर प्रश्न सोध्दा उनले हाँस्दै भने, ‘१० प्रतिशत नर्भस छु र ९० प्रतिशत उत्साहित छु ।’   

अडिसन अघि उनीबारे दिइएको परिचयमा भिडियोमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताएका छन् । उक्त भिडियोमा उनले नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाउँदै नेपालको तारिफ गरेका छन् ।   

काठमाडौंमा जन्मेका दिवस नेपालमा  प्लस टु पास गरेपछि   उच्च शिक्षाको लागि भन्दै ६ वर्ष अघि मात्र अमेरिका हानिएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *