उदितनारायण नेहालाई बनाउन चाहन्छन् बुहारी, आदित्य किन चाहँदैनन् ?

फागुन १४, काठमाडौं । इण्डियन आइडलमा आदित्य नारायण र नेहा कक्कडको विवाहलाई लिएर रचिएको टीआरपीको खेल भलै खतम भयो तर फ्यानहरु आज पनि दुवैलाई साथमा देख्न चाहन्छन् ।
लाग्छ कि इण्डियन आइडलमा नेहा र आदित्यको हुने भनिएको विवाहलाई लिएर फ्यान्स र गायक उदितनारायण झाको अपेक्षाहरु पनि बाँधिएका छन् ।
हालसालै एक मिडियालाई उदितनारायणले भनेका छन् कि छोरा आदित्यलाई नेहाको नामबाट चिढाएका थिए उनले । उनी चाहन्थे कि नेहा र आदित्य रियल लाइफमै विवाह गरुन् । तर आदित्य आफ्नो करिअरमा ध्यान दिन चाहन्छन् ।

अन्तर्वार्तामा उदितले भनेका छन्– ‘म आदित्यलाई नेहाको नाम लिएर खुब चिढाउँछु । तर नेहाका कुरा गर्दा आदित्य इग्नोर गर्छन् र अहिले आफ्नो करिअरमा ध्यान दिन चाहन्छु भन्छन् । नेहा अहिलेको टप गायिका हुन् र उनी निकै राम्रो काम गरिरहेकी छिन् ।’
नेहाले पनि आदित्यका बारेमा एक खुलासा गरेकी थिइन् । नेहाले भनेकी थिइन् कि आदित्य आफ्नो प्रेमिकासँग छिट्टै नै विवाह गर्दैछन् । ‘आदित्यको दिल सफा छ । ऊ यसै वर्ष विवाह गर्दैछ आफ्नो प्रेमिकासँग । म कामना गर्छु कि उनको जोडी सुखी र खुशी रहोस् ।’
इण्डियन आइडल सिजन ११ मा आदित्य र नेहाको विवाहको ढोंग रचिएको थियो । शो को टीआरपी बढाउनका लागि यस्तो गरिएको थियो जसले फाइदा पनि पुर्यायो ।








