शिवरात्रि विशेष : धुनी जगाउँदा पशुपतिस्थित एक मन्दिरमा आगलागी

फागुन ९, काठमाडौं । महाशिवरात्रिको अवसरमा आएका एक साधुले जगाएको धुनीबाट पशुपतिनाथको पारिपट्टि रहेको एक मन्दिरमा आगालागी भएको छ । भारतबाट आएका एकजना साधुले मन्दिरभित्रै मुडा बालेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको प्रहरलिे जनाएको छ ।   

ढुङेगै ढुङ्गाबाट बनेको उक्त मन्दिरमा रहेको काठको थाममा आगो सल्किएपछि प्रहरीको विपद व्यवस्थापनको टोली आगो नियन्त्रणमा लिएको हो ।   

शिवरात्रिका लागि भारतबाट आउने साधु सन्तले पशुपतिनाथको साना मन्दिरहरुमा अड्डा जमाएर बस्ने गरेका छन् । साथै मन्दिर भित्रै मुडा बालेर बस्दा आगोलागीको जोखिम बढ्ने गरेको छ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *