काेपा डेल रेः बार्सिलाेना र रियल १० वर्षपछि क्वाटरफाइनलबाटै बाहिरिए

एजेन्सी । बार्सिलोना र रियल मड्रिड स्पेनिस ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलबाटै बाहिरिएका छन् । बिहीबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिलबाओसँग पराजित भयो भने रियल मड्रिडलाई रियल सोसिडाडले पराजित गर्‍यो । 

एथ्लेटिक क्लबको मैदानमा भएको खेलको इन्ज्युरी समयमा सर्जियाे बुस्केटले आत्मघाती गोल गरेपछि बार्सिलोनाको लगातार सातौँ पटक फाइनल पुग्ने सपना क्वार्टर–फाइनलमा नै रोकिन पुग्यो । 

निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले अधिकांश समय बल आफ्नो पकडमा राख्दै एघार पटक एथ्लेटिक क्लबको पोस्टमा प्रहार गरेको थियो । त्यसमध्ये पाँच वटा प्रहार ‘टार्गेट’ मा पनि लागेको थियो । तर एथ्लेटिकका गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलाेना एक–शून्यले पराजित भयाे ।   

Image may contain: 1 person, stadium and outdoor

रियल मड्रिड पनि रियल सोसियडाडसँग चार–तीन गाेल अन्तरले स्तब्ध भयो । खेलको २२औँ मिनेटमा मार्टिन ओडिगार्डले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । एलेक्सान्डर इसाकले ५४औँ र ५६औँ मिनेटमा गोल गरेपछि रियल सोसिडाडले रियल मड्रिडविरुद्ध तीन गोलको अग्रता लियो । 

मार्सेलोले रियल मड्रिडका लागि ५९औँ मिनेटमा गोल गरे । ६९औँ मिनेटमा मेरिनोले गोल गर्दै सोसिडाडको अग्रता चार–एकमा लम्ब्याए । त्यसपछि रोद्रिगो र नाचोले गोल गरे पनि रियल मड्रिड चार–तीन गाेल अन्तरले पछि रह्यो । खेलको अन्तिम समयमा रियल सोसियडाडका डिफेन्डर गोरोसाबेल रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । 

यसको अर्थ सन् २०१० पछि बार्सिलोना र रियल मड्रिडबिना पहिलो पटक ‘कोपा डेल रे’ को फाइनल हुनेछ । यसअघि दोस्रो डिभिजनको मिरान्डेसले ला लिगा क्लब भिल्लारियललाई चार–दुई गाेल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो भने ग्रानाडाले भ्यालेन्सियालाई दुई–एकले पराजित गर्‍यो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *