मेहेन्दीमा हरियो पहिरनमा सजिएकी प्रियंका, उनकाे मेहेन्दीमा यी कलाकारकाे उपस्थिती

फागुन १४, काठमाडौँ । फागुन १५ गते अर्थात भोली बिवाह गर्न लागेकी नेपालकी चर्चित नायिका प्रियंका कार्कीको मंगलबार मेहेन्दी र संगीतको कार्यक्रम सम्पन्न भएको छ ।   

२ वर्ष भन्दा लामो समयको नायक तथा मोडल आयुष्मान देशराजसँगको प्रेमलाई बल्ल बिवाहमा परिणत गर्न लागेकी प्रियंकाको मेहेन्दी र संगीतको कार्यक्रम काठमाडौंको एक रिसोर्टमा सम्पन्न भएको हो । प्रियंका र आयुष्मानको बिवाहको लागि उक्त रिसोर्ट तीन दिन सम्मको लागि बुक गरिएको छ ।   

उनको मेहेन्दी र संगीतमा आयुष्मानको साथमा उनीहरुका आफन्त र केही चलचित्रकर्मी सहभागी थिए । उक्त कार्यक्रममा प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तानलगायतको उपस्थिती रहेको थियो । 

मेहेन्दीमा हरियो पहिरनमा सजिएकी प्रियंकाले मेहेन्दीले आफ्नो हातमा आयुष्मानको नाम लेखाइन् भने आयुष्मानले पनि आफ्नो हातमा प्रियंकाको नाम लेखाएका थिए । 

संगीतमा प्रियंकाले एक तथा आयुष्मानसँग नृत्य गरेकी थिईन् । एकसाथ नृत्य गर्दा यी जोडी निकै रोमान्टिक देखिएका थिए । उनको संगितमा अन्य कलाकारले पनि नृत्य गरेका थिए ।   

यी दुई जोडीले बिहेपछि शुक्रबार भव्य पार्टीको समेत आयोजना गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *