अब समृद्ध मुलुकको सपना पूरा हुन समय लाग्दैनः प्रधानमन्त्री

फागुन ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब समृद्ध मुलुकको सपना पूरा हुन समय नलाग्ने बताएका छन् ।  

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक समृद्धिको यात्रामा’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

कार्यक्रममा उनले भने, ‘देश समृद्ध भएन भन्ने सुनिन्छ । नेपाल भिजन र मार्गनिर्देश सहित अगाडि बढेको छ । अब समृद्ध मुलुकको सपना पूरा हुन समय लाग्दैन ।’ 

Image result for प्रम अाेली

प्रम ओलीले देशको समस्या समाधान गर्नु कविता लेखे जस्तो नभएको बताए । ‘भूकम्पले भत्काएको राष्ट्र बैंक र रानीपोखरी बन्न त समय लाग्यो भने भताभुङ्ग भएको देश बन्न समय लागिहाल्छ । देश विकास गर्नु कविता लेखेजस्तो कहाँ हो र ?’, उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *