निलकण्ठ डोजोले जित्यो प्रदेशस्तरीय कराँतेको उपाधि

माघ १९, चितवन । चितवनको रत्ननगरमा सम्पन्न प्रदेश स्तरीय कराँते प्रतियोगिताको उपाधि वुढानिलकण्ठ डोजोले जितेको छ ।  

नेपाल रेन्वोकाई कराँते डोजो संघ सालाघारीको आयोजनामा भएको प्रथम प्रदेशस्तरीय प्रतियोगितामा बुढानिलकण्ठ डोजो ७ स्वर्ण , ८ रजत र ५ कास्य पदक जित्दै प्रथम भएको हो ।  

द्धितिय भएको चितवन डोजोले ५ स्वर्ण,४ रजत र  १० कास्य तथा तृतिय भएको काठमाडौं डोजोले ३ स्वर्ण, ४ रजत र ६ कास्य पदक प्राप्त गरेको थियो । प्रथम, द्धितिय र तृतियलाई ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।  

प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश सभा सांसद कंचन खनाल, अनेरास्ववियू केन्द्रिय सदस्य सरोजध्वज भण्डारी ,नेपाल रेन्वोकाई कराँते डो संघका केन्द्रिय अध्यक्ष रेशम लामा, रत्ननगर १२ का वडाध्यक्ष बीरवहादुर प्राख्रिनले पुरस्कार प्रदान गरे ।  

नेपाल रेन्वोकाई कराँते डो संघ सालघारीका अध्यक्ष लालवहादुर लामाको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । प्रतियोगितामा बागमती प्रदेशको ११ जिल्लाका १९७ जना खेलाडी सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *