इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार जित, टोटेनहमको संघर्ष

फागुन ५, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सानदार जित निकाल्दा टोटेनहम हस्टपरले रोमाञ्चक जित दर्ता गरेको छ । आर्सनलले न्यु क्यासललाई ४–० ले पराजित गर्दा टोटेनहमले एस्टन भिल्लामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।  

घरेलु मैदानमा आर्सनलको फराकिलो जितमा पिएरे इम्रिक औवामेयाङ, निकोलस पेपे, मेसुट ओजिल र एलेक्सान्द्रे लाकाजेटले गोल गरे । घरेलु मैदानमा आर्सनलले न्यु क्यासललाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नु परेको थियो । जितसँग आर्सनल २६ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ । न्यु क्यासल ३१ अंक जोडेर १३औं स्थानमा छ । 

अर्को खेलमा ह्युङ मिन सनले इन्ज्यरी समयमा गोल गर्दै टोटेनहमलाई ३-२ को रोमाञ्चक जित दिलाए । भिल्लामा नवौं मिनेटमा टोवी एल्डरवेरेल्डको आत्मघाती गोलबाट घरेलु टोली खेलमा अघि बढेको थियो । टोवीले २७औं मिनेटमा बराबरी गोल फर्काए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ह्युङ मिन सन पेनाल्टीमा चुकेपनि रिवाउन्डमा गोल गर्न सफल हुदा टोटेनहमले पहिलो हाफमा २-१ को अग्रता लिन सफल भयो । 

५३औं मिनेटमा बिजर्न इंगेल्सले बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई ३-२ को रोमाञ्चक जित दिलाए । जितसँगै टोटेनहम २४ खेलबाट ४० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । एस्टन भिल्ला २५ अंक जोडेर १७औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *