‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक

माघ २९, काठमाडौँ ।  चैत २१ गते प्रदर्शन मिति तय भए भएको चलचित्र ‘लक्का जवान’ को दोस्रो गीतको भिडियो सार्वजनिक भएको छ ।  बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।   

‘मुसुक्कै हाँस्न माया’ बोल रहेको ५ मिनेट भन्दा लामो उक्त गीतको भिडियोमा दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी र सलोन बस्नेत लगात कलाकार फिचरिङ गरिएको छ ।     

सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतमा बाबुल र जुना रिजाल काफ्लेको स्‍वर सुन्न सकिन्छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको यस गीतमा दिलिप ले  प्रियंका र सलोनले वर्षासँग ठुम्का लगाएका छन् ।   

Image result for ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक

शिवहरि पौडेलले निर्देशन गरेको चलचित्रमा दिलिप, प्रियंका, वर्षा, सलोनसँगै किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, बिमला गिरी लगायतका भूमिका रहेको छ ।   

https://youtu.be/ZliBfoYzQOc 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *