रोयलको लगातार दोश्रो जित

फागुन १४, काठमाडौं । आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार लगातार दोश्रो जित हात पारेको छ । जेभियर इन्टरनेसनल र टाइम्सले पनि आ–आफ्नो खेल जिते । 

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले कास्कीलाई ८९–६६ ले पराजित गर्‍यो । रोयलको जितमा निकेश मगरले २५ अंक योगदान गरे । पहिलो क्वाटरमा १४–१७ ले पछि परेको रोयल बाँकीमा अगाडि रह्यो । अग्रता लिएको क्वाटरमा रोयलले २४–१३, २८–१५ र २३–२१ को प्रदर्शन ग¥यो । 

अनिश मगरको १७ अंक सहयोगमा जेभियरले ह्वाइटहाउसलाई ५९–५० ले हरायो । निर्धारित समयको खेल ४६–४६ को बराबरीमा टुंगिएको थियो । थप गरिएको ५ मिनेटको अत्तिरिक्त समयमा जेभियरले १३–४ अंक जोड्दै प्रतियोगितामा पहिलो जित हात पार्‍यो । पहिलो खेलमा जेभियर गोल्डेनगेटसंग चुकेको थियो । 

null

टाइम्सले गोल्डेनगेटमाथि ७५–६४ को जित दर्ता गर्र्‍यो । टाइम्सका जसमन तामाङले १६ स्कोर गरे । टाइम्सले पहिलो क्वाटर १८–१७ र दोश्रो १६–९ ले आफ्नो पक्षमा पा¥यो । तेश्रो क्वाटरमा १७–१८ ले पछि परेको टाइम्स चौथोमा २४–२० ले अघि रह्यो । 

तीनै खेलका सर्वाधिक स्कोरकर्तात्रय निकेश, अनिश र जसमन फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ घोषित भए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *