आज माघ २२ गते बुधबार, यस्ताे छ आजकाे पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. २०७६ माघ २२। बुधबार। इ.स. २०२० फेब्रुवरी ५। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। एकादशी, १७:५९ उप्रान्त द्वादशी। नक्षत्र– मृगशिरा, २३:;०७ बजेउप्रान्त आर्द्रा। योग– वैधृति, २५:१५ बजेउप्रान्त विष्कम्भ। करण– भद्रा, १७:५९ बजेदेखि वव, २९:४८ बजेउप्रान्त वालव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– वृष, १०:५५ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:४६ बजे र दिनमान २७ घडी ८ पला। भीमा एकादशी व्रत।
राशिफल
null
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजन पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बहुमुल्य वस्तु हात पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सन्तान सुख मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मन विचलितपनि रहन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल








