घाँटी रेटेर हत्या गरिएको अवस्थामा किशोरीको शव फेला

फागुन ४, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा एक किशोरीको घाँटी रेटेर हत्या भएको छ ।   

त्रिवेणी गाउँपपालिका वडा नं. १, तल्लो काभ्राकी १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार कविताको घाँटीको श्वासनली काटेर हत्या गरेको अवस्थामा शुक्रबार शव फेला परेको हो ।   

राति १ बजे मात्र परिवारले कविताको खोजी सुरु गरेका थिए। तर कोठामा उनी नदेखपछि खोज्दै जाँदा घरदेखि १५ मिटरजति पर उनी मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । 

घटनावारे अनुसन्धान भइरहेको सल्यान जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *