सवारी दुर्घटनामा परी दुईको मृत्यु

माघ २४,  महोत्तरी ।  महोत्तरी र कञ्चनपुर गरी दुई फरक–फरक जिल्लामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।   

महोत्तरीमा ज.१ ख ७५८ नम्बरको बसले ज.७ प ८५४५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।   

महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडवास्थित सडकमा बिहीबार दिउँसो उक्त बसले  सो मोटरसाइकललाई ठक्कर दिँदा  पिपरा गाउँपालिका ५ बस्ने १७ वर्षीय  मोटरसाइकल चालक राजेन्द्र शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

Image result for सवारी दुर्घटना

प्रहरीका अनुसार उनलाई ठक्कर दिने बस चालक हाल फरार रहेका छन् । फरार बस चालकको खोजीकार्य हुनुका साथै घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

त्यसैगरी  कञ्चनपुरमा पनी मोटरसाइकलको ठक्करबाट एक बृद्ध पैदलयात्रीको मृत्यु भएको छ ।   

कञ्चनपुरको भिमदत्त नगरपालिका -१९ बागफाँटास्थित सडकमा पनि म.२ प ७३५८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री ८० वर्षीया तुलसी देवी चन्दको महाकाली अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ ।   

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *