बर्दगोरीयामा प्रथम पशुपति कप खुल्ला क्रिकेट प्रतियोगिता सुरु

फागुन ११, कैलाली । कैलालीको बर्दगोरीया गाउपालिका वडा नं. ३ रानिकुण्डामा प्रथम पशुपति खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । पशुपति युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा ९ टीमको सहभागिता रहेको छ ।
पशुपति युवा क्लवका अश्विन विक को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरीया गाउँपालिका वडा नं. ३ का अध्यक्ष करने सुनार रहनु भएको थियो । यसै गरी विशिष्ट अतिथिमा वडा सदस्य बुद्धिसरा वि क र रानि जरुवा सामुदायिक वनका अध्यक्ष लाल सिंह विक रहेका थिए ।
पशुपति युवा क्लवका सचिव राजेश विक ले स्वागत गरेको कार्यक्रमको संचालन राजेन्द्र रावलले गरेका थिए । कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य बुद्धिसरा विक,रानिजरुवा सामुदायिक वनका अध्यक्ष लालसिह बि।क समाजसेवी पदम तिरुवा लगायतका ले शुभकामना मन्तव्य व्यत्त गरेका थिय ।

आज भएको उद्धघाटन खेलमा सडकपुर बौनिया विजयी भएको छ । सडकपुर बौनियाले आयोजक वि लाई ५१ रनले पराजित गरेको हो । बौनियालाई जित दिलाउने क्रममा विकास मल्लले ४ तथा गोविन्द वि क ले ३ विकेट लिएका थिए । टस जितेर पहिले व्याटिङ गरेको बौनियाले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ९९ रन बनाउन सफल भएको थियो ।
बौयिका लागी नरेद्र साउदले ३ छक्काको मद्धतले ३७ रनको योगदान गरेका थिय । १०० रनको विजयी लक्ष्य लिएर जवाफि व्याटीङमा आएको आयोजक वि निर्धारित २० ओभर मध्य ९ दशमल १ ओभर खेल्दै सवै विकेट गुमाउदै ४८ रन मात्र जोडन सफल भएको थियो । सो खेलमा बौनियाका बिकास मल्ल म्यान अफ द म्याच घोषित भए ।








