अदालतको आदेशमा छुटेका माइला लामासहित चार जना लगत्तै पक्राउ

माघ १९, काठमाडौं । अदालतको आदेशमा छुटेका माइला लामासति चार जना लगत्तै पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका इञ्चार्ज माइला लामासहित चार जना रिहा भएलगत्तै पुनः प्रहरीले पक्राउ गरेको हो। 

उनीहरु आइतबार दिउँसो पुनः पक्राउ परेका हुन्।   

बिहीबार जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले उनीहरूलाई रिहा गर्न आदेश दिएको थियो। आइतबार अदालतको आदेशपछि उनीहरू चारैजनालाई अदालतमा उपस्थित गराइएको थियो।   

null

अदालतबाट रिहा भएलगत्तै लामासहित नेकपा केन्द्रीय सदस्य नवीन विश्वकर्मा, तत्कालीन काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्याय र ईश्वर परियारलाई अदालत परिसरबाटै पक्राउ गरेहो हो।   

यसअघि ललितपुर जिल्ला अदालतबाट एनसेल मुख्यालयमा भएको बम विस्फोटको घटनामा र राज्यविरुद्धको अपराधमा संलग्न रहेको भन्दै उनीहरू चारैजनालाई पुर्पक्षामा पठाउने फैसला गरिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =