‘रेल गाडी’ मा देखियो मुन्नी र नाजीरको रोमान्स

फागुन १, काठमाडौँ । लोकप्रिय गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गित ‘रेल गाडी’ बाेल रहेकाे गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली गित संगीतका पारखीहरुको लागि नयाँ नयाँ सांगीतिक कोसेली पस्कदै आएका गायक आचार्यको ‘रेल गाडि’ नामक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्वजनिक गरेका हुन् । समीर आचार्य र सुरेखा क्षेत्रीको यो दोस्रो सहकार्यको गीत हो।
सन्तोष सुनारको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायाँकन गरेका छन् भने निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् । सार्वजनिक गीतकाे भिडियोमा नायक तथा मोडल नाजीर हुसेन र माेडल तथा कलाकार प्रीयना आचार्य (सक्कीगाेनीकाे मुन्नी) लाई फिचर्ड गरिएको छ । अष्ट्रेलीयामा हुने नेपाली इभेन्ट र नेपाली गीत संगीतको लागी प्रबर्धन गर्दै आएको मायालु इन्टरटेनमेन्टको प्रस्तुतीमा ‘रेल गाडी’ को भिडियो आएको हाे ।

‘दुनियाँ वेग्लै छ र हैन भन्देउ न माया’ ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेउ’, ‘उमेर अन्तर’ ‘ठुम्का’ जस्ता दर्जनौं हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइरहेका आचार्य अहिले चल्तीका गायकका रुपमा परिचित छन् ।
भिडियो हेर्नुहोस :
https://youtu.be/O804q9B5pj8








