बैतडीमा अनेरास्ववियुको सङ्गठन विस्तार
२०७६ फागुन १ गते

फागुन १, बैतडी । अनेरास्ववियु बैतडीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । सङ्गठन बिस्तारको क्रममा बिहीबार शिक्षा क्याम्पस शाहिलेकमा २९ सदस्य इकाई कमेटी गरेको छ ।
लक्ष्मण साउदको अध्यक्षतामा २९ सदस्य क्याम्पस ईकाइकमिटी गठन गरेको अनेरास्ववियु बैतडी संयोजक गोविन्द मालले जानकारी दिएका छन् ।
अखिल क्रान्तिकारी र अनरास्ववियुको एकता पक्रिया पछि जिल्लाका सबै क्याम्पसमा सङ्गठन विस्तार गरिन लागेको संयोजक मालले बताए ।

इकाई कमिटी गठनमा अनेरास्ववियु केन्द्रीय सदस्य जयन्त कुँवर, डिवी बोहरा, अनेरास्ववियु नेता भुवन कार्की, दिनेश ठगुन्नाको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन अनेरास्वीयु बैतडीका सह संयोजक सन्तोश रानाले गरेका थिए । जिल्लाका सबै क्याम्पसमा पनि सङ्गठन विस्तार गरिने अनेरास्ववियु बैतडीले जानकारी दिएको छ ।
२०७६ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित








