सञ्चार मन्त्रालय खतिवडालाई, सहरी विकास वसन्त नेम्वाङलाई (विज्ञप्तिसहित)

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई गोकुल बास्कोटाको राजीनामा स्वीकृत गरेसँगै मन्त्रालयको जिमेवारी खतिवडालाई  दिएका हुन् ।   

यस्तै, सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई दिइएको छ । 

७० करोडको कमिसनको अडियो टेप सार्वजनिक भएपछि मन्त्री बास्कोटाले नैतिकताका आधारमा बिहीबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।   

बाँस्कोटालाई डेढ वर्ष अघि सेक्युरिटी प्रेस खरिदका आर्थिक लाभ माग गरेको आरोप लागेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =