रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको शानदार जित

फागुन १५, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को पहिलो लेगको खेलमा रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको शानदार जित निकालेको छ ।  

गएराति भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ बिना कुनै गोल बराबरीमा रोकिएको खेलमा तिनै गोल दोर्सो हाफमा भएका थिए । 

सिटीका लागि गाब्रियल जिससले खेलको ७८औ मिनेटमा र केभिन डि ब्रुनेले ८३औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । रियलका लागि यस अघि खेलको ६०औ मिनेटमा इस्कोले गोल गरेका थिए । 

च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई पहिलो पटक पराजित गरेको हो । दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *