बालाजु अटो वर्कस् प्रिभिलेज मेम्बरसिप पुरस्कार योजना

फागुन ४, काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस्प्रा.लि.ले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप अर्थात् विशेष सदस्यता प्रदानगर्दै आएको छ ।
यस प्रिभिलेज मेम्बरसिप लिनुभएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजनाअन्तर्गत–वर्ष २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रुपमा सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङ प्रा.लि. ले सर्वोत्कृष्ट उपहार एवम्यस प्रिभिलेज मेम्बरसिपअन्तर्गत सम्पूर्ण ग्राहकमहानुभावहरुलाई बालाजु अटो वर्कसका प्रबन्धनिर्देशक अर्जुन प्रसाद शर्मा ,महिन्द्राएंडमहिन्द्राका ग्राहक सेवा प्रबन्धक तपस पटनायकले सम्मानित तथा उपहार वितरण गरेका थिए ।
सो पुरस्कार वितरण समारोहमा शाखा प्रमुखहरु र कर्मचारीवर्गको उपस्थितिमा २८ माघ, २०७६ का दिन बालाजु अटो वर्कस्, बालाजु, बालाजु औधोगिक क्षेत्र, काठमाडौँमा आयोजना गरिएको थियो ।
null








