एशिया इस्टर्न रीजन टी २० : मलेशियाद्वारा नेपाल पराजित

फागुन १७ काठमाडौं । एशिया इस्टर्न रीजन टी २० क्रिकेट प्रतियोगितामा मलेसियाले नेपाललाई पराजित गरेको छ ।   

पहिलो खेलमा मलेशियाले नेपाललाई २२ रनले पराजित गरेको छ। 

मलेसियाले नेपाललाई जित्नको लागि १५५ रनको लक्ष्य दिएको थियो ।  नेपालले १९.५ ओभरमा सबै विकेट गुमाइ १३२ रन मात्रै बनाउन सक्यो। 

सन्दीप लामिछाने

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८ रन र पवन सर्राफले १९ रन बनाए। 

अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

मलेशियाका लागि सबैभन्दा सफल बलर सर्भिन मुनियान्डीले १३ रन खर्चेर ४ विकेट लिए। 

यसअघि थाइल्यान्डमा भइरहेको खेलमा मलेशियाले नेपालविरुद्ध २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। 

नेपालका लागि स्पीनर सन्दीप लामिछानेले ३, अविनाश बोहराले १ र करण केसीले १ विकेट लिए। 

मलेशियाका तर्फबाट सैयद मुबारकले नटआउट ५१, अनवर अरुदीनले ३१, मोहम्मद फैज नूरले ३० रन र अमिनुद्दिन रामलीले २९ रन बनाए। 

नेपालले अब आइतबार हङ्‍कङसँग खेल्नेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =