लोयल्टी कपमा एलएको ह्याट्रिक

फागुन १६, काठमाडाैँ । लिटिल एन्जल्स (एलए) ले दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । 

एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन एलएले सिद्धार्थ बनस्थलीलाई ३–० ले पराजित गर्दै उपाधि रक्षा गर्यो । एलएले उपाधि जितेको लगातार तेश्रो पटक हो । फाइनलको ‘म्यान अफ द म्याच’ एलएका तुसानमान सिंहले २ गोल गरे । 

 बाँकी १ गोल प्रसुन तुलाधरले थपे । डिफेन्समा एलएका दिवस घर्ती मगर, मिडफिल्डमा सिद्धार्थ बनस्थलीका जेनिश रेग्मी, स्ट्राइकरमा एलएका प्रसुन तुलाधर, प्रशिक्षकमा एलएका राजेन्द्र कार्की र गोलरक्षकमा सिद्धार्थ बनस्थलीका अनिकेत तामाङ उत्कृष्ट चुनिए । टाइमलाइनले अनुशासित टिमको उपाधि हात पार्यो । 

बिजेतालाई केन्द्रीय प्याब्सनका उप–महासचिव आरबी कट्वाल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ११ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १२ टिम सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *